स्वीडेन र स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

स्वीडेन र स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा


समयपथ
92
Shares

वालिङटन । स्वीडेन र स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । स्वीडेनले जापान २–१ र स्पेनले नेदरल्यान्डलाई पनि २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

स्वीडेनका लागि ए लेस्टि र एफ एन्जलले समान १–१ गोल गरिन्। उता जापानका लागी एह्यांसीले १ गोल फर्काइन। जापानका लागी खेलको ७६औ मिनेटमा आर युकिले पेनाल्टीमा गोल गर्न चुकेपछि खेलमा फर्किने मौका गुमाएको थियो

फाइनल प्रवेशका लागि स्वीडेनले स्पेनको सामना गर्नेछ। स्वीडेन यस अघि अर्को बलियो टोली अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनमा आएको थियो।

शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २–१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औं मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

यो सँगै स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्ड्स भने अन्तिम ८ बाटै घर फर्किएको छ।