पर्सा । वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी उनको नाममा रहेको करडौं मूल्य पर्ने जग्गा विक्री गरी श्रीमती फरार भएकी छन् । झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् ।
एक छोरा र एक छोरीकी आमा सितादेवीले आफ्नो नाममा रहेको सम्पत्ती विक्री गरी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएको भोलाको भनाई छ । उनी परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखि भारतको कोलकत्तामा रहँदै आएका छन् । श्रीमतीले आफूलाई मृत सावित गरी जग्गा विक्री गरी बच्चासमेत लिएर अन्य युवकसँग भागेको जानकारी पाएपछि आफू वीरगन्ज फर्किएको बताए ।
श्रीमान रोजगारीका सिलसिलामा भारतको कोलकत्तामा बस्दै आएको मौका छोपी ४६ वर्षीय सितादेवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते घरमै मृत्यु भएको झुठा प्रमाण देखाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेको र सो पछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी आफ्नो पुरुष मित्रसँग फरार भएको भोलाकी भान्जाबुहारी तारादेवी पासिले जानकारी दिइन ।
उनले जिउँदै रहेको ससुरालाई कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भाग्ने सितादेवी र सो कार्यमा सघाउने सबैलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरे ।
सितादेवीले हासिल गरेको मृत्यु दर्ता प्रमाणपत्र दिनमा तत्कालिन वडा सचिव वा अन्य कर्मचारीको कुनै दोष नभएको वीरगन्ज महानगरपालिका पंजिकरण शाखाकी प्रमुख वुद्धिमया गुरुङ्ले दावी गरे । उनले सितादेवीले भोलासँगको विवाह दर्ता, नेपालको नागरिकतालगायतका आवश्यक सबै कागजात पेश गरेपछि मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको बताए ।
उता कागजमा मृत घोषित गरिएका भोला भने आफूलाई पुनःजिवित बनाइ दिन आग्रह गर्दै विभिन्न सरकारी कार्यालय धाइरहनुभएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०५० सालमा प्राप्त गरेको नागरिकता बोकेर भोला प्रशासन कार्यालयमै दिनहुँ पुग्ने गरेको परिवारका सदस्यहरु बताउँछन् ।
श्रीमतीले कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भागेको घटनाले भोलालाई ठूलो मानसिक आघात पुगेपछि अहिले उनीको मानसिक सन्तुलन समेत बिग्रदैं गएको परिवारजनले बताएका छन् ।
प्रतिक्रिया