काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न काँग्रेसले दलको बैठक बोलाएको हो । यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।
नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
प्रतिक्रिया