एमालेले गर्‍यो प्रदेश अधिवेशनको मिति हेरफेर

एमालेले गर्‍यो प्रदेश अधिवेशनको मिति हेरफेर


समयपथ
46
Shares

काठमाडौँ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ । यसअघि भदौमा प्रदेश अधिवेशन सक्ने निर्णय गरिएको थियो ।

आज बसेको सचिवालय बैठकले मिति हेरफेर गरेसँगै असोज महिनाभित्र मात्रै प्रदेश अधिवेशन सकिने भएको छ । एमालेले लुम्बिनी प्रदेशमा भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय गरेको छ भने बाकी प्रदेश तथा उपत्यका उपत्यका प्रदेश विशेषको अधिवेशन असोजमा गर्ने निर्णय गरेको छ ।

असोज ५ र ६ मधेस प्रदेश, ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका प्रदेश विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्ने तय भएको छ ।