अब गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

अब गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री


समयपथ
69
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।

सम्पादकहरूसँग काठमाडौँमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरणमा पनि बिस्तारै छानबिन हुने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले झापा बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटसको नाममा रहेको ३४२ बिघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो ।

टी स्टेट्सको जग्गा बहुमूल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको प्रचण्डले दाबी गरे ।