उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई नेपालमै अवसरको सिर्जना गरिनु पर्छ : अध्यक्ष गुरुङ

उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई नेपालमै अवसरको सिर्जना गरिनु पर्छ : अध्यक्ष गुरुङ

कक्षा १२ उत्रीर्ण विद्यार्थीलाई तरुण दल अध्यक्ष गुरुङले दिए बधाई तथा शुभकामना


समयपथ
2.1k
Shares

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कक्षा १२ को परिक्षामा उत्रीर्ण विद्यार्थीहरुलाई बधाई दिएका छन । राष्ट्रिय परिक्षा बोडले हालै सार्वजनिक गरेको कक्षा १२ को परिक्षामा उत्रीर्ण विद्यार्थीहरुलाई अध्यक्ष गुरुङले बधाई तथा सफलताको शुभकामना दिएका हुन ।


सामाजिक सञ्जालमार्फत बधाई दिदै अध्यक्ष गुरुङले उच्च शिक्षा हासिल गर्न विदेशिने विद्यार्थीहरुलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न कार्ययोजना सहित अघि बढ्न नेपाल सरकारलाई आग्रह गरेका छन ।