तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै


समयपथ
92
Shares

काठमाडौं । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्बजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो । 

जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाईएको छ ।

सिंहदरवारस्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाईएको छ ।