काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।
पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातामा बुधबार साँझ भएको खेलमा मोहन बगानसँग मच्छिन्द ३–१ गोलअन्तरले पराजित भएको हो ।
मोहन बगानका लागि अनवर अलीले २ र जेसन कमिंग्सले १ गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउको एक गोल गरे । मछिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
मोहन बगानले प्लेअफको फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकाको सामना गर्नेछ ।
प्रतिक्रिया