संखुवासभा कैदी हत्या प्रकरणमा मानवअधिकारवादी संस्थाको यस्ताे निष्कर्ष

संखुवासभा कैदी हत्या प्रकरणमा मानवअधिकारवादी संस्थाको यस्ताे निष्कर्ष


समयपथ
138
Shares

विराटनगर । विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् । 

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् । 

भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोसी प्रदेश संयोजक सोमराज थापाले जानकारी दिए । 

गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो । घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धानसमेत सुरु गरिएको छ ।