मतियार

मतियार


समयपथ
207
Shares

भगवान बनूं निज भन्दछ क्वै
जनता प्रतिविम्ब नृसिंह उतै ।
जब भोट लियो विजयी बनियो
तब शेर महोदय चढ्छ उँभो l१l

जनतासित आँसु सताउँदथ्यो
घर-गाउँ जता पनि धाउँद‌थ्यो ।
नरमी अति नै अधमी अहिले
नव भ्रष्ट ठसक्क गनाउँछ त्यो l२l

मतियार बनेर सुसाउँछ कि ?
अगुवा अझ लुट्न सिकाउँछ कि ?
सुन तस्कर मानव तस्कर ऊ
छ कि देश बिकाउन तत्पर ऊ ? l३l

झुट झेल र खेल कबाफ भरे
पदलोलुप प्राप्ति भयानक रे !
उसभित्र पसेछ कि रौरव त्यो ?
बनियार बनेछ धुतार भुटो l४l

नवनायक ती मतियार मिलून्
नव निर्मित ती हतियार खुलून् !
मुखले नदिऊन् कि कुशासन त्यो
सुख सौखिन जोड कुबेर छिटो l५l
————000———-
मादी, सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर ।