राष्ट्रिय खेलाडी वीरबहादुर तामाङ सम्मानित

राष्ट्रिय खेलाडी वीरबहादुर तामाङ सम्मानित


समयपथ
529
Shares

संखुवासभा । २९ औ तामाङ भाषा प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ कोशी प्रदेश समितिद्धारा तेक्वन्दो खेलाडी वीर बहादुर तामाङ सम्मानित हुनु भएको छ ।
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका स्थित कोक्सामा भएको प्रदेश स्तरीय तामाङ पत्रकार संघ १ नं.प्रदेश समितिद्धारा आयोजित एक कार्यक्रमका वीच खेलाडी तामाङ सम्मानित भएका हुन । भोजपुर जिल्ला, षढानन्द नगरपालिका वडा नं ४ निवासी खेलाडी तामाङ लामो समय देखि आईटीएफ तेक्वान्दो खेलमा आवद्ध हुँदै तामाङ जातीको भाषा धर्म, संस्कृतिको जर्गेना गर्न तथा तामाङ जातीको हकअधिकारको लागि जातीय संगठन तामाङ घेदुङ संघमा सक्रिय सहभागी हुँदै आउनुभएको छ ।
खेलाडी तामाङले सातौं र नौं र्औ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक, सातौ दक्षिण एशियाली च्याम्पियनसीप प्रतियोगितामा नेपालको लागि कास्य पदक हासिल गर्न सफल तामाङ सम्मानित भएको कार्यक्रम सञ्चालक मकर तामाङले बताए ।
रेडियो नेपालमा २०५१ सालमा रमिता बल तामाङल पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण गरिएको जानगकारी दिदै २०६१ सालबाट संस्थागत रुपमा तमाङ पत्रकार संघ अघि बढ्दै आएको तामाङपत्रकार संघ प्रदेश समिति अध्यक्ष मोहन तामाङले बताए । कार्यक्रममा तामाङ भाषा संस्कृतिको जानकारी गराउनु हुँदै बम्बो, ताम्वा र लामा ३ वटा तामाङ जातीको महत्वपूर्ण पाटो रहेको प्रदेश अध्ष्क्ष तामाङले बताए । तीन वटै पाटाहरुको आ–आफ्नै कार्य, महत्व र भूमिका रहेने समेत बताए ।
चैनपुर नगरपालिका नगर प्रमुख कृष्ण कुमार तामाङले तामाङको रितीरिवाज सस्कृती नबुझि दिएको भगवती पाण्डेको अभिव्यक्ति गलत रहेको बताउदै तामाङ जातीको भाषा, भेषभुसा, संस्कृतिको जर्गेना गर्न सिङ्गो तामाङ समुदाय लाग्न जरुरी हरको बताए । यसै गरी चैनपर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर तामाङले तामाङ समुदायको भाषा सस्कृति लगातको क्षेत्रमा कलम चलाउन तामाङजातीकै सञ्चारकर्मीको आवश्यकता पर्ने हुँदा तामाङ जातीको सहभागिता हुने गरी पत्रकारीता तालिमको आयोजना गरिनु पर्नेमा जोड दिए । यसै गरी र्काक्रममा तामाङ पत्रकार संघ केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज मानवी मोक्तान, नेपाल तामाङ घेदुङ्ग जिल्ला समन्वय समिति अध्यक्ष एवं कार्यक्रम व्यवस्थापक काजी तामाङ, लामा घेदुङ जिल्ला अध्यक्ष ज्ञान बहादुर तामाङ, सरस्वती मावि चैनपुरका पधानध्यापक गोविन्दमान तामाङ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।