गोपालराज पहाडी कुनै समय आदर्शले जन्माएको नाम हो । एक सम्भ्रान्त पारीवारिक पृष्ठभूमिमा जन्मिएका त्यही सुख सुविधामा हुर्किएर पनि सांसारिक तथा भौतिक सुख सुविधा भन्दा माथि उठेर देश, जनता र प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पण गरी आजीवन चारतारे झण्डाको सेरोफेरोमै जीवन बलिदान गर्ने अथक योद्धा विलय भएको आज ११ वर्ष वितिसकेको छ । आफ्नो जन्म नै प्रजातन्त्रका लागि भएको भएको अनुभूति गर्ने गोपाल पहाडी हक्की र प्रष्ट विचारमा अडिग थिए । आफूलाई लागेको र आफूले देखेको कुरालाई जस्ताको त्यस्तै राख्ने र त्यसका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहन्थे । प्रजातन्त्र नै आफ्नो जीवनको अन्तिम सत्य ठानेर आजीवन राजनीतिमा होमिएका पहाडीले आफ्नो जीवनकालमा धेरै कुरा गुमाएर गए तर राजनीतिका नाममा धरै कुरा सजिलै प्राप्त गर्नसक्ने उचाइ भएपनि कुनै पनि लाभ भन्दा अलग रहेर निष्कलंक छवी कायम गरी विदा भए । यस कुरामा आम कांग्रेस नेता कार्यकर्ताले गौरव गर्न पर्दछ । आज गोपाल पहाडी भौतिक रुपमा हामीमाझ छैनन् र उनले देखाएकोे बाटो पनि क्रमश साँगुरो घुमाउरो बन्दै गएको छ जुन दुर्भाग्यपूर्ण छ ।
पहाडीमा आफ्नी आमा कमला दाहालको अमीट छाप परेको थियो । उनकी आमा निडर र हक्की स्वभावको हुनुहुन्थ्यो त्यही स्वभावको प्रभाव पहाडीमा पनि परेको थियो । आमा आफ्नो छोराहरुलाई ठूला मान्छे बनाउन चाहानुहुन्थ्यो । त्यसबेला परिवारको आम्दानीको श्रोत केवल अन्न मात्र थियो । आफ्नो छोराहरुको पढाई खर्च जुटाउनका लागि स्थानीय बिहीबारे हाट र शुक्रबारे हाट चैनपुरमा चामल बोकाएर लानुहुन्थ्यो र बेचबिखन गरी खर्चको जोहो गर्नुहुन्थ्यो । त्यसैबाट नै तीनभाई छोराहरुको पढाई तथा बसोबास खर्चको ब्यवस्थापन हुन्थ्यो । पछिल्ला दिनहरुमा पहाडी स्थानीय मादी माध्यमिक विद्यालयमा शिक्षकको रुपमा प्रवेश गरपश्चात केही सहज भएतापनि त्यो लामो समय रहेन । विद्यालयबाट राजीनामा दिएर पूर्णकालीन राजीतिमा होमिएपछि पहाडीलाई कान्छो भाइ नवेन्द्रराज दाहालले सहयोग गर्दै आउनुभयो त्यो क्रम पहाडीको अन्तिम समयसम्म कायम थियो । त्यही कारणले पनि पहाडीले काठमाण्डौमा बसेर पनि आर्थिक रुपले कहीं चुक्नु परेन ।
पहाडीको राजनीतिमा आकर्षित हुनुको पृष्ठभूमि पनि रोचकको छ । वि.सं २०१२ सालमा राजा महेन्द्रको सवारी बेलटारमा भएको थियो । सो सवारीको ब्यवस्थापनको जिम्मेवारी नेपाली कांग्रेसले बहन गरेको थियो । उक्त समारोहमा लीलानाथ दाहालले स्वागत मन्तब्य राखेका थिए । गोपाल पहाडी त्यसबेला १० वर्षका थिए । लीलानाथ दाहल सँगै उक्त कार्यक्रमा सहभागी पहाडीलाई लीलानाथले आफूसँगै मञ्चमा राखेका थिए । मञ्चमा आफ्ना माइला बा सँग बसेका पहाडीमा ठूला मानिसहरुसँग बस्ने पाएकोमा गौरब मात्र भएन आफू पनि यस्तै ठूलो मान्छे भएर देश र जनताको सेवा गर्ने तिब्र अभिलाषा बृद्धि भयो । यही सहभागिता नै पहाडीको राजनाीतिमा लाग्ने प्रथम खुड्किला बन्यो र १० वर्षको उमेरबाट नै कुनै पनि स्थानमा उच्च मनोबलका साथ प्रस्तुत हुने क्षमताको विकास भयो जुन उनको जीवनकाल भर कायम रहयो ।
विद्यार्थी कालदेखि नै नेतृत्व क्षमता भएका पहाडीले दाहाल नलेखेर पहाडी उपनाम राख्नुको पृष्ठभूमि रोचक छ । काठमाडौस्थित ज्ञानगुनका कुरा मासिकले बद्री पहाडीको(कृष्ण पहाडीका पिता) नाममा प्रकाशित गरेको अक्षरको अभिवादन शीर्षकको पुस्तकमा उल्लेख गरेअनुसार ७ कक्षामा पढ्दै रहँदा कक्षामा नेता चुन्ने चलन थियो । यसरी चुनिएको नेतालाई मनिटर भनिन्थ्यो । त्यसबेलासम्म उनको नाम गोपालराज दाहाल नै थियो । गोपालराज दाहाल ७ कक्षाको मनिटर चुनिएपछि उहाँका गुरु गणेश बहादुर प्रसाईले अब आजदेखि तिमी अरु दाहाल भन्दा फरक भयौ । त्यसैले दाहाल नलेख पहाडी लेख भन्नुभएछ । उसै समयदेखि आफू दाहालहरु भन्दा फरक भएको अनुभूति सहित गोपालराज दाहालमा पहाडी भनेको अगुवा हुँदोरहेछ भन्ने प्रभाव परेको हुनाले दाहाल नलेखेर पहाडी लेख्न थालेको र सोही पहाडी नै उनको बास्तविक र राष्ट्रिय पहिचान बन्यो ।
बाल्यकालदेखि नै निडर र हक्की स्वभाव भएका पहाडी आफ्नो इच्छा र निर्णयमा अडिग रहन्थे । विद्यार्थी जीवनदेखि नै आफुभन्दा कमजोर अवस्थामा रहेका समकालीन तथा जुनियर हरुलाई सहयोग गनुपर्छ भन्ने भावनाले ओतप्रोत रहेका पहाडीको सहयोगी भावना जीवन भर कायम रहयो । व्यक्तिगत रुपमा भन्ने हो भने राम्रो परिवारमा जन्मी हुर्किएका गोपाल पहाडीले जीवनमा धेरै कुरा प्राप्ति गर्न सक्ने हैसियत राख्थे तथापि ब्यक्तिगत लोलुपता उनमा कहिल्यै देखिएन । यसको बदलामा आफ्नो क्षमताले भ्याएसम्म अरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।
गोपाल पहाडीलाई विकासवादी नेताको रुपमा पनि जिल्लाबासीले चिन्दथे । जिल्लाको विकासमा केन्द्रमा रहेर समन्वय र सहकार्यमा पहाडीको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न ।
राजनीतिका अतिरिक्त शिक्षा क्षेत्रमा पनि पहाडीको अमूल्य योगदान रहेको छ । संखुवासभाको मादी माद्यमिक विद्यालय मादीको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा जुन लगानी गरे त्यो जिल्लावासीका लागि अनुकरणीय छ । आफू शिक्षक भएको समयमा विद्यालयमा अध्ययनका लागि बाहिरबाट आएका विद्यार्थीहरुलाई सरसापटी मात्र होइन विद्यालयमा लाग्ने शूल्क समेत तिरिदिने गरेको वास्तविकता तात्कालीन विद्यार्थीहरुले नै खुलाउँथे तर पहाडी आफैं भने यस्ताकुराहरु कहिल्यै कसैसँग खुलाउँन चाहदैनथे । उनको यही गुणका कारण पनि उनलाई असल शिक्षकको रुपमा चिन्ने गरेको कुरा तत्कालिन विद्यार्थीहरुबाट सुन्न पाइन्छ । संखुवासभाको मादीमा आफ्नै बाबु बाजेहरुले स्थापना गरेको मादी माध्यमिक विद्यालयमा केही समय शिक्षकको रुपमा र केही समय प्रधानाध्यापकको जिम्मेवारीमा रहेर सेवा गरे । शिक्षा क्षेत्रमा पहाडीलाई अघि बढाउन पारिवारिक रुपमा छलफल हुन्थ्यो । यतिबेला मादीमा शेषराज दाहाल, पुण्यप्रसाद दाहाल, भवानी प्रसाद दाहाल, मुक्तिनाथ दाहाल, ऋतुवर्ण दाहल देवीप्रसाद दाहाल, ढुण्डीराज सत्याल सुदर्शन घिमिरे, मोहनसिंह बस्नेत केदार नाथ दाहाल लगायतका दाजुभाइहरुले पहाडीलाई अगाडि बढ्न पर्याप्त साथ सहयोग गर्दथे । भने २०३६ सालमा विद्यालयबाट राजीनामा दिएर पूर्णकालीन रुपमा राजनीतिमा आवद्ध भई २०३६ सालदेखि २०५२ साल सम्म संखुवासभा नेपाली कांग्रेसको जिल्ला सभापतिको भूमिकामा रहेर जिल्लामा नेपाली कांग्रेसको संरक्षण र प्रवद्र्धनमा महत्वपुर्ण भूमिका निर्वाह गरे । गोपाल पहाडीको नेतृवमा संखुवासभामा नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणमा उनका समकालीन शिबकुमार गौली, पद्मनाथ रेग्मी, जीवन रेग्मी, बंशीराज रेग्मी,इश्वर बहादुर खड्का, घनश्याम बस्नेत, ऐसनारायण श्रेष्ठ, ठाकुरसिंह लिंथेप लगायतका नेताहरुको महत्वपूर्ण योगदान रहेको छ । आज संखुवासभामा नेपाली कांग्रेस जुन स्थानमा छ त्यसको सुत्रधारको रुपमा यी नामहरु नै अग्रपंत्तिमा रहने गर्दछन् ।
आफ्ना काका २०१५ सालमा धनकुटा क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य लीलानाथ दाहालको राजनीतिक तथा पारिवारिक प्रेरणाबाट दिक्षित पहाडीमा बाल्यकालदेखि नै नेपाली कांग्रेसको छाप पर्न थालेको थियो । दाहालको शालीन, भद्र र कोमलताबाट प्रभावित पहाडीमा त्यसको ठीक विपरीत स्वभाव थियो । आफ्ना काकाको भन्दा पृथक ब्यक्तित्व भएका पहाडी हक्की निडर र निकै कडा र कहीं कतै अहंकारी स्वभावका थिए । कसैसँग झुक्ने वा कसैको प्रभावमा पर्ने स्वभाव कहिल्यै अनुभुति गरिएन । यही स्वभावले आफ्नो राजनीतिक जिवनमा नकारात्मक प्रभाव पारेको कुरालाई उनी स्वयम पनि स्वीकार्दथे ।
विद्यालयस्तरको अध्ययन पश्चात उच्च शिक्षा अध्ययनका लागि बनारस बस्दा नेपाली कांग्रेसका नेताहरुसँग थप संगत हुने मौका मिल्यो । बनारसमा रहँदा जननायक विशेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई,गणेशमान सिंह, सुवर्ण शमसेर, सुर्यप्रसाद उपाध्याय लगायतका नेताहरुसँगको बैचारिक संगतले प्रजातान्त्रिक सोच अझ खारिएर गएको उनका निकटस्थहरु बताउने गर्दछन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, खुमबहादुर खड्का, विपिन कोइराला, शिबबहादुर खडका लगायतका नेताहरुको समकालीन नेता पहाडीले आफ्ना समकालीनहरु शक्तिमा रहँदा पनि कुनै किसिमको लाभ लिन खोजेनन् । २०५६ सालको निर्वाचनको समयमा आफनो समकालीन नेता खुमबहादुर खडकाले प्रचारप्रसारका लागि स्वयमसेवक सहयोग गर्न गरेको अग्रहलाई अस्वीकार गर्दै आफू सेता हात्ती पाल्न नसक्ने प्रतिकृया दिएको कुरा स्मरण गर्दथे ।
२०३६ सालको जनमत संग्रहका लागि पार्टी सभापति तोक्नुपर्ने आवश्यकता भएपछि लीलानाथ दाहाल र गोपाल पहाडीलाई साथै राखेर वीपी कोइरालाले सभापति बनाउने विषयमा छलफल चलाए । दुई मध्ये एक जनालाई पार्टी सभापति बन्न आग्रह गरेछन । वीपीको आग्रहलाई नकार्न पनि नसक्ने र निर्णय पनि गर्न नसक्ने अवस्था आएपछि काका भतिज दुबै एकअर्काको मुख हेराहेर गर्न थाले । त्यसपछि लीलानाथ दाहालले वीपीलाई विनम्रतापूर्वक पहाडी युवा हो, काम गर्ने जोस जाँगर पनि छ त्यसर्थ जिल्लाको पार्टी सभापति पहाडीलाई नै बनाउनु उपयुक्त हुने कुरा ब्यक्त गरेपछि पहाडीलाई संखुवासभाको जिल्ला सभापति बनाएर लीलानाथ दाहाललाई धनकुटा र संखुवासभा हेर्नेगरी जिम्मेवारी दिएको कुरा योगेन्द्र विजय दाहालले बताए । यसपछि गोपाल पहाडी निरन्तर रुपमा २०३६ सालदेखि २०५२ सालसम्म संखुवासभा जिल्लाको पार्टी सभापति रहेर पार्टी संगठनमा योगदान दिए ।
गोपाल पहाडीलाई विकासवादी नेताको रुपमा पनि जिल्लाबासीले चिन्दथे । जिल्लाको विकासमा केन्द्रमा रहेर समन्वय र सहकार्यमा पहाडीको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । जिल्लाको विकास निर्माणका सवालमा पार्टी राजनीति भन्दा माथि रहेर सबै दलसँग समन्वय र सहकार्य गर्नसक्ने खुबी भएका पहाडीमा आफ्नो पहुँच बाहिरका आश्वासन बाँढ्ने र छलकपट गर्ने स्वभाव कहिल्यै महसुस भएन । सक्ने र आफ्नो पहुँचले भ्याउने काम गर्न अघि सर्ने र नसक्ने कामलाई अगाडि नै इन्कार गर्नसक्ने प्रष्टता भनौं या अहंकार कारण पहिलो भेटमा उनीसँग सम्पर्कमा जानेहरु कालो अनुहार बनाएर फर्कन्थे र पछि महसुस गर्दथे । उनको यही स्वभावका कारण स्वयम पार्टीका कार्यकर्ताहरु पनि लामो समय सम्म टिकेर बस्दैनथे ।गोपाल पहाडी जनमतलाई सर्बोपरी ठान्दथे । उनी आफ्नो राजनीतिक जीवनकालमा अधिकांशत कोइराला परिवारको निकटस्थ रहेर काम गर्ने कार्यकर्ताको रुपमा परिचित थिए । वीपी,जीपी सुशील कोइरालासम्म आउँदा पार्टी संस्थापन पक्षको निकटस्थ मानिन्थे । २०५४ सालदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पहाडी २०४८, २०५६ र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट संखुवासभाबाट उम्मेद्धवार बनेर पराजित भएतापनि नेपाली कांग्रेस संखुवासभाले पराजयको अनुभूति गनुपरेन । २०६४ सालको संविधान सभाको निर्वाचनमा समानुपातिक कोटामा पर्ने प्रबल सम्भावनालाई त्यागेर प्रत्यक्ष निर्वाचन लडे । त्यसबेला समानुपातिक सिटमा रहन पंक्तिकारले गरेको अनुरोधमा सटिक तर चित्त बुझ्दो जवाफ दिए । जिल्लाको परिस्थिति प्रतिकुल भएका कारण समानुपातिक सिटमा बस्न गरेको अनुरोधमा उनले म समानुपातिक सिटबाट सभाषद् हुँदा मेरो जिल्लाका कार्यकर्ताले कम्युनिष्टहरुबाट खाएका सुम्ला मेटिन्छन ? भन्ने जवाफ दिए । प्रत्यक्ष निर्वाचनमा पहाडी पराजित भयो भने कांग्रेस कार्यकर्ताले विजय हासिल गर्छन मेरो चाहना कार्यकर्ताले पराजित हुनु नपरोस भन्ने हो भनेर आफ्नो जनमत प्रतिको बफादारी देखाएको याद आउँछ ।
वर्तमान सभापति तथा पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा सँग तँ तँ म म को सम्बन्ध भएको हामी बुझ्दथ्यौ । पहाडीको निधन लगत्तै अस्पतालमा आएका देउवाले टाउकामा हात राख्दै एउटा जीउँदो साथी थियो बचाउन सकिएन भन्दै दुख ब्यक्त गरेको सम्झना अहिले पनि ताजै छ । सादा जीवनको पक्षपाति भएकोले उनमा विलाशिताको गन्ध कहिल्यै महसुुस गरिएन ।
२०४६ साल पछिका दिनहरुमा गोपाल पहाडी लाई जिल्लाका अग्रजहरुले मन,वचन र कर्मले सहयोग गर्दै आए । त्यसबेला खास गरेर दुई नम्बर क्षेत्रको केन्द्र चैनपुर थियो । २०४८ सालको निर्वाचनको कमाण्ड चैनपुरबाट सञ्चालन हुन्थ्यो । इश्वर बहादुर खड्का, थलकुमार लिंखा, रामगोपाल श्रेष्ठ,ऐसनारायण श्रेष्ठ, शंकर कँडेल, महेशप्रेमी उदास, विना पौडेल,घनश्याम बस्नेत, सेवक शाक्य लगायतका नेताहरुको सहयोग रहयो । मानबहादुर मझिया दुर्गामणि देवान, रामकुमार जिमी,सुशीलराज दाहालहरुको साथ सहयोग थियो । ज्ञानबहादुर काकीर्, तेजबहादुर खत्री, तारामान गुरुङ, राजकुमार राई, संशेरबहादुर राई,टंक राइर्, ताप्चेन भोटे भैरङ लामा, कुमारबाबु अधिकारी, एकराज पोख्रेल, भानु कालाखेती लगायतका नेता कार्यकर्ताहरु पहाडीको आखिरी अवस्थासम्म साथ रहेतापनि पछिल्लो समयमा धेरै छिन्नभिन्नको अवस्था सृजना भयो । त्यो समयमा नेपाल विद्यार्थी संघमा रहेर पछिल्लो समयमा दिपन कुमार श्रेष्ठ,दीपक शर्मा,भुपमणि दाहाल, सुरेन्द्र कुमार दाहाल, पदम अधिकारी, जगत अधिकारी, रबीन्द्र अधिकारी बिनोद डाँगी, सुभाष श्रेष्ठ, नेत्र श्रेष्ठ,हेमन्त गौतम, दिपक महत, टिकादत्त नेपाल,बद्री घिमिरे,गोकुल खत्री लगायतका किशोर विद्यार्थीहरु उहाँकै साथमा रहेर संगठनमा काम गर्दथ्यौ । त्यसबेला गरेको संगठनको जगमा अहिले पनि नेपाली कांग्रेस गभिइरहेको छ तर दुखका साथ भन्नुपर्दछ त्यसबेला दुःख गरेका पार्यकर्ताहरु अहिले सबैभन्दा पछि परेको दृष्टान्त सामुन्ने छ । पहाडी काकाले हामीलाई बाल कांग्रेस भन्नुहुन्थ्यो । उहाँमा त्यही बाल कांग्रेसको भरोष पनि रहेको भावना ब्यक्त हुन्थ्यो । आज त्यसबेलाका बालकांगे्रसहरु पनि छिन्नभिन्न भएको अवस्था टड्कारो छ ।
स्वर्गीय पहाडी, कांग्रेसको जात, धर्म भनेको नै प्रजातन्त्र हो भन्ने कुरामा विश्वास गर्ने आदर्शवादी नेता थिए । प्रजातन्त्र नै कांग्रेसको धर्म हो भन्ने धारणा हरेक ठाउमा दिने मन्तब्यमा ब्यक्त गर्दथे। जाति, धर्म भनेको एउटा मान्छेले धारण गरेका कुरा हुन जसलाई लिएर पारस्परिक बैमनश्यता सृजना गर्नु हूदैन भन्ने सौचका धनी पहाडिले आफनो कार्यस्थलमा कहिल्यै पनि विभेदको विरुद्धमा उभिन्थे । एउटा कांग्रेसले सच्चा कार्यकर्ता हुनका लागि जाति, भाषा, धर्म,लिङ्ग र अर्थ सम्वन्धी विभेद हरुबाट मुतm रहनुपर्छ भन्ने कुरा कार्यकर्ताहरुलाई पहिलादेखि नै भन्ने गर्दथे । राष्ट्रबादी सोचका धनी पहाडी आफ्ना हरेक मनतब्यमा नेपाल कसको नेपालीको, हामी को हौ नेपाली भन्दथे ।
स्वर्गीय पहाडी त्यागी र आदर्शवान नेताको रुपमा स्थापित थिए । आफनो ब्यतिmगत आकांक्षलाई पूर्णरुपमा विस्थापित गरेर शान्ति लोकतन्त्र र स्थिरताको पक्षमा उभिन रुचाउने पहाडी आजीवन अविवाहित रहनु भयो। जीवन पूर्णरुपमा प्रजातन्त्रको पक्षमा उत्सर्जन गरेर पनि सदैव संघर्षै संघर्षमा बाँच्न विवस थिए । सहकर्र्मीहरु लाभका उच्च पदमा आशीन रहंदा पनि पहाडीले कहिल्यै लोलुप चरित्र देखाएको पाईदैन । वीपी कोइरालादेखि सुुशील कोइरालासम्मको मन जित्न सफल भएतापनि लाभको पदलाई भन्दा पार्टी संगठनलाई महत्व दिए ।
वर्तमान सभापति तथा पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा सँग तँ तँ म म को सम्बन्ध भएको हामी बुझ्दथ्यौ । पहाडीको निधन लगत्तै अस्पतालमा आएका देउवाले टाउकामा हात राख्दै एउटा जीउँदो साथी थियो बचाउन सकिएन भन्दै दुख ब्यक्त गरेको सम्झना अहिले पनि ताजै छ । सादा जीवनको पक्षपाति भएकोले उनमा विलाशिताको गन्ध कहिल्यै महसुुस गरिएन ।
आफना सहकर्मीहरु मन्त्री, प्रधानमन्त्री हुँदाका बखत राष्ट्रको ढुकुटीमा सहाजै पहुच पुयाउन सक्ने हैसियत राख्थे तर यस किसिको सोच पहाडीको जीवनमा कहिल्यै देखिएन । त्यसैको परिणामस्वरुप पहाडीले निर्वाचन हारेतापनि राजनीति जितेर गए ।
आफ्नो जीवनमा ६ वर्ष जेल जीवन व्यतित गरेका स्वर्गीय पहाडीले कहिल्यै त्यसको प्रतिफल खोजेको पाइएन । खानपानमा सोखिन भएता पनि आफूलाई नै मेटाएर शोख प्रदर्शन गरेको पनि पाइएन । २०४६ सालको जनआन्दोलन ताका स्थानीय मादी ओखवोटे बजारबाट उनलाई प्रहरीले गिरफ्तार गरी खाँदबारी कारगारमा लगेर करिब २ महिना थुनामा राखेको थियो । वि.सं २०४७ सालमा प्रजातन्त्रको पुर्नबहाली भएपछि रिहा भएर निरन्तर कांग्रेसको संगठन विस्तारमा लाग्दै आए । २०१७ सालको तत्कालिन राजा महेन्द«ले पञ्चायत शासन सुरु गरेपछि धेरै कांग्रेसका नेता कार्यकर्ताहरु पञ्चायतमा प्रवेश गरे । पछिल्लो समयमा कांग्रेसले नै नेता कार्यकर्ताहरुलाई रापसं मा चुनाव लड्न पठाउने निर्णय गर्यो त्यस्तो बेलामा पनि कांग्रेस नछोडेका पहाडीको राजनैतिक निष्ठामाथि कहिल्यै विचलन आएन ।
आफ्नो परिवार र राजनीतिक कार्यकर्तावीच पहाडी समान दृष्टिकोंण राख्दथे । पहाडीका कारण परिवारका कुनै पनि सदस्यले कुनै लाभ लिएको उनको जीवनकालमा देखिएन । राजनीतिक कार्यकर्ताप्रति पहाडीको जुन दृष्टिकोंण थियो पारिवारिक रुपमा त्यो भन्दा फरक दृष्टिकोंणको अनुभूति कहिल्यै गरिएन । २०४६ साल अघि कृष्णप्रसाद भट्टराइसँग निकै नजिक रहेका पहाडी २०४६ सालको परिवर्तन पछि गिरिजा प्रसाद कोइराला हुँदै सुशिल कोइराला सँग निकट हुन पुगे । सुरुका दिनमा कृष्णप्रसाद भट्टराइसँग निकट रहेर पनि परिवर्तन पछिको निर्वाचनमा स्वयम किसुनजीलाई हराउन लागेको भनेर सर्बत्र आलोचना समेत भएको थियो ।
गोपाल पहाडी अस्पतालको शैयामा रहँदा ठट्टा गर्दै भन्दथे कतै माइलाबा (लिलानाथ) र मेरो मृत्यु एकैदिन त हुदैन रु झण्डै संयोग पनि तेस्तै हुन पुग्यो । लीलानाथको निधन भाद्र ४ गते भएको थियो पहाडीको निधन भाद्र ३ गते भयो । राजनीतिक रुपमा पहाडी र लीलानाथ गुरुचेला थिए । पारिवारिक रुपमा काका भतिज । लिलानाथ दाहाल विमारी भएर उपचार गराउन दिल्ली लाँदा उनै गोपाल पहाडीले लिएर गए र डेढ महिना सम्मको बसाई पश्चात साथै लिएर फकिए । समयको चक्र गोपाल पहाडी बिमारी भएर उपचारको शिलशिलामा दिल्ली जाँदा उनै लीलानाथ दाहालका सुपुत्र योगेन्द्र विजय दाहल ले लिएर जानुभयो । यस्तो संयोग कमैलाई मात्र पर्ने गर्दछ । पछिल्ला दिनहरुमा दुबै मृगौलाले काम गर्न छोडेको अवस्था मा अस्पतालको नियमित बसाई र उपचारको क्रममा संखुवासभाका पार्टी सभापति प्रतिनिधिसभा सदस्य तथा पूर्व राज्यमन्त्री दिपक खड्काको महत्वपूर्ण योगदान रहेको थियो । ओम अस्पतालमा रहदा होस वा दिल्ली लाने शिलशिलामा होस खड्काले आर्थिक रुपमा निकै भरथेग गरेका कुराहरु त्यसबेला चर्चा हुन्थे । त्यसबेला संखुवासभाको कांग्रेस राजनीतिमा उदियमान नेताको छवी बनाउदै अघि बढेका खड्का २०७० सालको निर्वाचनमा संखुवासभाको दुई नम्बर क्षेत्रबाट विजयी भयो र २०७९ सालको निर्वाचनमा पनि विजयी भएर पहाडीको सपनाको चारतारे झण्डा जिल्लामा फहराउन सफल हुनुभएको छ ।
संखुवासभा जिल्लाको मादी रामवेनी १ सिरिसेबाट २००२ मा सुरु भएको पहाडीको जीवन यात्रा काठमाडौं मेडीकल कलेजको २६ नं बेडमा पुगेर २०६९ साल भाद्र ३ गते टुंगियो । उहाँको निधन भएको पनि आज ११ खर्ष वितिसक्यो । यो ११ वर्षको दौडानमा नेपालको राजनीतिमा धेरै उताव चढाव आएतापनि नेपाली कांग्रेसले संस्थागत रुपमा ११ वर्षसम्म पहाडीलाई सम्झनु आवश्यकता ठानेन यो उनी बाँचुन्जेल उनलाई भर्याङ बनाएर धेरै नेता बने । विद्यार्थी, तरुण,ट्रेड युनियन,पार्टीमा आफ्नो प्रभुत्व विस्तार गर्न धेरैजना अघिपछि लागे । धेरैले राजनीतिक फाइदा पनि लिए तर उनको निधन पश्चात कमसेकम वार्षिक रुपमा भेला भएर यनका योगदानको कदर गर्ने सामान्य राजनीतिक संस्कार समेत पार्टीले देखाउन सकेन । पार्टीको केन्द्रीय नेता लाई न केन्द्रले सम्झ्यो या त जिल्लाले नै । अत्यन्त दुखद कुरा हो । जीवित रहुञ्जेल खातका खात फूलका गुच्छा र माला चढाउने कार्यकर्ताहरुले मृत्युपछि शब्दार्पणबाट पहाडीलाई त सम्मान गर्न सकेन आउने दिनमा अरु कुनै नेताको हकमा यस किसिमको ंउपेक्षा नहोस । पटक पटक चुनाव हारेर पनि राजनीति जितेका अथक राजनीतिक योद्धाप्रति हार्दिक श्रद्धासुमन ।
प्रतिक्रिया