नेविसंघमा असन्तुष्ट पक्षसँग ४ बुँदे सहमति

नेविसंघमा असन्तुष्ट पक्षसँग ४ बुँदे सहमति


समयपथ
1.5k
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले रिले अनसनमा रहेका असन्तुष्ट पक्षसँग ४ बुँदे सहमति गरेका छन् । केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष राजीव ढुंगानाको रोहबरमा भएको यो सहमतिसँग अनसन अन्त्य भएको घोषणा गरिएको छ ।

नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि संगठनको जिम्मेवारीबाट बाहिर रहेका नेविसंघका नेताहरुको उचित व्यवस्थापनसहित समावेशी ढंगले नेविसंघ केन्द्रीय तदर्थ समिति एक साताभित्र थप विस्तार गर्ने सहमति भएको छ । यसैगरी नेविसंघ केन्द्रीय तदर्थ समितिको पहिलो बैठकबाट १२ औं महाधिवेशनको यथोचित कार्यतालिकासहित मिति घोषणा गर्ने सहमति भएको छ ।

सहमतिको तेस्रो बुँदामा संगठनभित्र हिमाल, पहाड, तराई, मधेश, महिला, जनजाति, दलित, मुस्लिम, थारु, अल्पसंख्या, पिछडिएको क्षेत्र सबैलाई समेटेर नेता कार्यकर्ताको उचित व्यवस्थापन गर्ने सहमतिमा उल्लेख छ । नेपाल विद्यार्थी संघका साथीहरुको नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखेको रिले अनसन अन्त्य गर्ने सहमति भएको छ ।

सहमतिमा वार्ता टोलीका संयोजक दिपक ओझा, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पार्टी केन्द्रीय सदसय तथा नेविसंघ पूर्वअध्यक्ष राजीव ढुंगाना, विद्यार्थी नेता योगेन्द्र रावल, अशोकसिंह विष्ट र विनोद शाही ठकुरीले हस्ताक्षर गरेका छन् ।