यस्ता छन् राप्रपा पदाधिकारी बैठकका ३ निर्णय

यस्ता छन् राप्रपा पदाधिकारी बैठकका ३ निर्णय


समयपथ
46
Shares

काठमाडौँ । राप्रपाको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ।

सोमबार बसेको बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणजस्ता भ्रष्टाचारका विषयलाई जनस्तरसम्मै लैजाने र भ्रष्टाचारविरुद्ध तल्लो कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन विदेश जाने कार्यक्रमबारे पनि बैठकलाई जानकारी दिइएको थियो । प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उद्घाटनलगायतका लागि अध्यक्ष लिङ्देन मङ्गलवार त्यसतर्फ जाने कार्यक्रम छ। बैठकले मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ।