लन्डन। इंग्लिस प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको छ। सोमबार राति क्रिस्टल प्यालेसको मैदान सेलहर्सट पार्कमा आर्सनलले घरेलु टोलीविरुद्ध १–० को कठिन जीत हात पारेको हो।
खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको ५३ औं मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पायो। गोलकिपर साम जोनस्टोनले एनकेटिहलाई लडाएपछि आर्सनलले पेनाल्टीको अवसर पाएको थियो। सोही अवसर नै आर्सनललाई अग्रता बनाउन पर्याप्त भयो।
दोस्रो हाफको ६० औं र ६७ औं मिनेटमा दुई पहेँलो कार्ड देखाइएपछि डिफेन्डर ताकेहिरो तोमियासु खेलबाट बाहिरिएका थिए। यससँगै आर्सनल १० खेलाडीमा समेटिएको थियो।
लगातार दोस्रो जित हात पारेको आर्सनलले अंक तालिकामा पनि ६ अंक बनाएको छ। ६ अंकका साथ आर्सनल लिगको तेस्रो स्थानमा छ। शीर्ष स्थानको ब्राइटोन र दोस्रो स्थानको म्यानचेस्टर सिटीले पनि ६–६ अंक जोडेका छन्।
प्रतिक्रिया