धादिङ बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, १७ जना घाइते

धादिङ बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, १७ जना घाइते


समयपथ
0
Shares

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १७ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ ।

बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।