संखुवासभा कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

संखुवासभा कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता


समयपथ
69
Shares

संखुवासभा । संखुवासभा जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ ।

कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी सहायक निरीक्षकसहित ५ प्रहरी र चौकीदारसहित ७ कैदी गरी १२ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएपछि प्रहरीले ज्यान मार्ने मुद्दा दर्ता गरेको दाबी गरेको छ ।

कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोट, ककनीका आकाश बलामीको दुई साताअघि मृत्यु भएको थियो ।