बनेपाको पुलबजार क्षेत्र ढुबान हुँदा साना सवारीसाधनलाई सकस

बनेपाको पुलबजार क्षेत्र ढुबान हुँदा साना सवारीसाधनलाई सकस


समयपथ
23
Shares

काभ्रे। केही दिन देखिको निरन्तरको वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ । अरनिको राजमार्ग अन्तर्गत बनेपाको पुलबजार क्षेत्र ढुबान हुँदा हिजो विहिबारबाटै सवारीसाधन सकस परेको छ ।

साना सवारी साधन वैकल्पिक बाटो भएर संचालन भईरहेको प्रहरीले जानकारी दिएको छ । अरनिको राजमार्गको खावा क्षेत्रमा गएको पहिरोले एकतर्फी सडक संचालन भएको छ भने विपी राजमार्गको पातलेखेतमा रुख ढलेका कारण केहि बेर सडक अवरुद्ध भए पनि अहिले संचालनमा आएको छ ।

जिल्लाको विकट क्षेत्र महाभारत र खानीखोला जाने सडक सम्बन्ध टुटेको छ भने अरनिको र विपी राजमार्गका विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध हुन पुगी एकतर्फी सडक संचालन भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले नागरिकहरुलाई सुरक्षित रहन र जरुरी नभई यात्रा नगर्न, यात्रामा निस्कँदा सडक, खोलानाला र खोल्सामा आएको पानीको वहावबाट बच्न अनुरोध गरेको छ ।

कुनै विपत्तीको अवस्था आएमा तत्काल खवर गर्न सुचित गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । जिल्ला विपत्त ब्यवस्थापन समितिले विपद पछिको खोज तथा उद्धार र अन्य तयारीका लागि टिम तयारी अवस्थामा राखेको छ ।

सडकमा आउन सक्ने अवरोध हटाउन मेशिनरी सामानहरु पनि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।