नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद बैठक सम्पन्न

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद बैठक सम्पन्न


समयपथ
1.1k
Shares

काठमाडौं । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले चौथो केन्द्रिय परिषदको बैठक हिजो शनिबार गोदावरीमा सम्पन्न गरेको छ। उक्त कार्यक्रमको उदघाटन सत्र नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रीय अध्यक्ष योगेन्द्रकुमार कुँवरको प्रमुख आतित्यथामा सपन्न भएको थियो । संस्थागत हित र आर्थिक अनुसासनको पक्षमा ट्रेड युनियनले आवाज उठाउदै सवल र सक्षम सँस्था निर्माणमा पहल कदमी गर्नु नै युनियनको धर्म भएको कुरा कुँवरले बताउनु भयो ।

ट्रेड युनियन काँग्रेसका महासचिब अजय कुमार राईले बिगत देखि नै स्वतन्त्र कर्मचारी युनियनले निगममा सँस्थागत सुधारको पक्षमा आवाज उठाउदै आएको र आगामी दिनमा पनि यहि रुपमा युनियन अगाडी बढ्ने छ भन्ने विश्वास व्यक्त गर्दै सँस्थागत सुधार तथा कर्मचारीको हकहितमा अझ सशक्त ढंगले कृयाशिल रहन शुभकामना ब्यक्त गर्नु भयो। त्यस्तै, ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष संजय दाहालले निगमको युनियनको लामो ईतिहास रहेको र हाल सम्म ट्रेड युनियन काँग्रेसको नेतृत्वमा नपुगेकोले अब त्यसका लागि लाग्न सुझाव दिनु भयो । नेपाल सार्वजनिक सेवा कर्मचारी सँघका महासचिव रमेश प्रसाद जोशीले सँघको वर्तमानमा भएको कामका विषयमा प्रष्ट पार्दै निगमको युनियनको कृयाशिलताका प्रसंशा गर्नु भयो ।

युनियनका केन्द्रिय अध्यक्ष बिकाश बखतीले युनियन कसैको प्रभाब र दवाबमा कहिलै नझुक्ने र सँस्थागत सुधार र कर्मचारीको वृति विकासमा सधै सतिसाल झै उभिएको दृष्टान्त दिदै आगामी दिनमा पनि अझै संशक्त ढंगले कृयाशिल रहने प्रतिबद्धता ब्यक्त गर्दै । नेपाल ट्रेड काँग्रेस र नेपाल सार्वजनिक सेवा कर्मचारी सँघले बिगतमा निगम र युनियन पक्षमा गरेको सहयोगको प्रशंसा गर्दै आगामी पनि यस्तै सहयोग रहने विश्वास ब्यक्त गर्नु भयो ।युनियनका महासचिब सन्दिप बरालले बिगतमा युनियनले सँस्थागत सुधार र कर्मचारीको सेवासुबिधा थपको लागि गरेका कामको स्मरण गर्दै युनियनको आगामी कार्ययोजना सम्बन्धमा प्रकाश पर्नु भयो।

सो कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष योगेन्द्र कुवर, महासचिव अजय कुमार राई, कोषाध्यक्ष संजय दाहाल र सार्वजनिक सेवा कर्मचारी संघका महासचिन रमेश जोशीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा युनियनको केन्द्रीय सल्लाहकार मनोज ठाकुर, प्रलयंकर आचार्य, नवराज पोखरेल र दिपक प्रसाद घिमिरेको उपस्थिति थियो । साथै उक्त कार्यक्रम मा देश भारीका युनियनको ईकाइ तथा प्रदेश समितका अध्यक्ष र प्रतिनिधि सहित कुल ९० जना कर्मचारीको सहभागिता रहेको थियो।

दोश्रो सत्रमा नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष बिकास बखतीले युनियन आधिकारिक ट्रेड युनियनको रुपमा कृयाशील रहेको तत्कालिन समयमा युनियनले कर्मचारीहरुको हक हितमा व्यापक काम गरेको, निगमको प्रचलित कर्मचारी प्रशासन विनियमावलीको समय सापेक्षिक संसोधन तथा ओ. एण्ड. एम. मार्फत कर्मचारीहरुको वृति विकासका लागि विभिन्न कानुनी व्यवस्था गरेको र तत् पश्चात आधिकारिक ट्रेड युनियनको जिम्मेवारीमा रहेकाबाट निगममा आम कर्मचारीको पक्षमा कुनै उल्लेखनिय काम नहुनु दुखद रहेको बताउनु भयो। निगमको संस्थागत विकासमा युनियन सदैव अग्रपंक्तिमा रही कार्य गरेको र आगामी दिनमा समेत युनियन लागी पर्ने बताउनु भयो । युनियनले कुनै अमुक ट्रेड युनियनलाई अनावश्यक आरोप र प्रत्यारोप नलगाउने र अन्य ट्रेड युनियनले व्यक्ति र नेतृत्वलाई अनावश्यक आक्षेप लगाउने गरेको काम तत्काल रोक्न चेतावनी दिनु भयो ।

युनियनका महासचिब सन्दिप बरालले बिगतमा युनियनले संस्थागत सुधार र कर्मचारीको सेवासुबिधा थपको लागि गरेका कामको स्मरण गर्नु हुँदै युनियनको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । साथै उहाले युनियनको नेतृत्वमा निगमका आम कर्मचारीहरुको पक्षमा भएका निर्णयहरु सबै कर्मचारीलाई अवगत गराउन उपस्थित सम्पूर्ण प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो।

त्यसैगरी युनियनका केन्द्रीय सल्लाहकार दीपक प्रसाद घिमिरेले नवीकरणीय उर्जाको बढ्दो प्रयोगले भबिष्यमा निगमको व्यापारमा चुनौती सृजना हुने हुदा तत्काल नै निगमले व्यापार विविधिकरणको क्षेत्रमा लगानी गर्न आवश्यक क्षेत्र पहिचान गरी अघि बढाउँन युनियनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो। पेट्रोलियम पदार्थ आयात र विक्री वितरणको तथ्याँक प्रस्तुत गर्दै सेवा व्यापार गरीरहेको निगम थप प्रतिष्पर्धात्मक रुपमा अघि बढ्नु पर्ने बताउनु भयो।

उहाले निगमको नीति तथा कार्यक्रमको तर्जुमामा ट्रेड युनियनको भूमिका नहुनु र निगमको व्यवसायीक योजना र भावी कार्यदिशा अस्पष्ट रहदा समेत पूर्वाधार विकासका नाममा अर्बौ रकम लगानी गर्न उपर्युक्त रहे नरहेको बिषयमा बहस हुनुपर्ने बताउनु भयो। निगमले दिर्घकालिन योजना बनाएर मात्रै अर्बौ लागतका आयोजना अघि बढाउँनु पर्ने र सो बिषयमा युनियनको स्पष्ट धारणा सार्वजनिक गरिने बताउनु भयो। साथै उहाले बोनस ऐन बमोजिम कानुनले निर्दिष्ट गरेको बोनसको अधिकार कसैको निगाह नभएको र कर्मचारीले कानुन सम्मत बोनस खान पाउनुपर्ने बिषयमा युनियनले नेतृत्वदायी भूमिका निर्वाह गरी कानुन बमोजिमको अधिकार प्राप्तीको लागि डटेर लाग्ने बताउनु भयो।

उक्त बैठकमा केन्द्रीय सदस्य रामचन्द्र पाण्डे,लोकराज उपाध्याय लगायतले मन्तव्य राख्दै युनियनले गलत गर्ने कर्मचारीहरुलाई कानुन दायरामा ल्याउने सामर्थ्य राख्नुपर्ने बताउनु भयो। केन्द्रीय सदस्य उपाध्यायले गलत कार्यलाई निरुत्साहित गर्न गलत गर्ने कर्मचारीलाइ कानूनी दायरामा ल्याउन आवाज उठाउने ट्रेड युनियन बन्नु पर्ने सुझाब दिनुभयो। त्यस्तै केन्द्रीय सदस्य रामचन्द्र पाण्डेले निगम व्यवस्थापनको स्वेछाचारिता बढ्दै गएको, निगमको सुचनामा आम कर्मचारीहरुको पहुच नभएको, निगमका सुचना कर्मचारीले पत्रपत्रिकालाई मार्फत पाउने गरेकोमा यो सुधार हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा निगमको सँस्थागत तथा कर्मचारीहरूको हकहितका विभिन्न विषयहरूमा गर्नुपर्ने कार्यहरूको छलफल सहित युनियनको भावी योजना तय गर्दै सम्पन्न भयो ।