काठमाडौं।राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छाले जोखिमको समयमा समुदायमा सकरात्मक सूचना प्रवाहमा स्वास्थ्य पत्रकारहरुको महत्वपूणर् भूमिका रहेको उल्लेख गरेका छन । जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका विषयक दुई दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटनका क्रममा आयोगका सदस्य विच्छाले स्वास्थ्य पत्रकारहरुले जोखिमको समयमा खेलेको सकारात्मक भूमिकाको खुलेर प्रशंसा गरेका हुन ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोषण पोखरले पछिल्लो समय जोखिम नियन्त्रणमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य पत्रकार हातेमालो गरेर अघि बढेको बताए । जसले जोखिम नियन्त्रणमा ठूलो उपलब्धि हात परेको उनले बताए ।
यसै गरी अतिरिक्त सचिव डा. संगीता कौशिक मिश्राले सूचनाको विश्वसनीयता जाँचेरमात्र समाचार सम्प्रेषण गर्नु पर्ने बताइन ।
नीति योजना तथा अनुगमन महाशाका प्रमुख डा कृष्ण पौडेलले समाचार तयार पार्दा सरोकारवाला पक्षको आत्मसम्मानमा चोट नपुग्ने गरी शब्द चयन गर्नु पर्ने धारणा राखे ।
जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका विषयक अभिमुखिकरणको पहिलो शत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका प्रमुख डा. रुद्र मरासिनीले जोखिम नियन्त्रणमा सञ्चार माध्यमको महत्वपूणर् भूमिका रहने उल्लेख गरे ।
स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाइकाका प्रमुख डा समीर अधिकारीले वर्तमान विश्व जलवायु परिवर्तनको मारमा परेको बताए । जलवायु परिवर्तका कारण विभन्न समस्याहरु सिर्जना भएको उनले उल्लेख गरे । वर्तमान समयमा फेक न्यूजले पारेको नकरात्मक असरबाट बच्न सही सूचना पस्कनुको विकल्प नभएको डा.अधिकारीले बताए ।
व्यवस्थापन महाशाख प्रमुख डा.सर्वेश शर्माले समस्या, स्थान र आवस्यकता हेरेर कार्ययोजना बनाएर विभाग अघि बढिरहेको बताए । धेरै तह पार गरेर निणर्य लिनु पर्ने भएकाले जोखिमको समयमा फाष्ट एक्सन लिन नसकिएको उनले बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नेपालमा कोभिड महामारी आक्रमक रुपमा फैलिरहेको बेला भ्याक्सिन ल्याउन सफल भएको दिन आफूलाई सबैभन्दा ठूलो खुसी मिलेको अनुभव सुनाए । जोखिमको समयमात्र नभई आरसीसीइ सधै टिम चुस्त दुरुस्त राख्नु पर्ने उनको धारण थियो ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले आफ्नो अनुभवको सेयर गरेर श्रोस्रो दिनको अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेका थिए । महामारीबाट पाठ सिकेर सम्भावित जोखिम व्यवस्थापन गर्नु तयारी अवस्थामा रहनु पर्ने उनले बताए ।
स्वास्थ्य मन्त्रालयका उपसचिव कपिल प्रसाद तिमल्सेनाले जोखिम सञ्चार तथा सामुदायिक सहभागीतामा तथ्याङ्कीय महत्वको बारेमा प्रकाश पार्ने क्रममा सूचना पारदर्शीताको जग भएको बताएका थिए ।
स्वास्थ्य प्रवद्र्धन तथा सुर्तिजन्य पदार्थ नियमन शाखाका प्रमुख भक्त बहादुर केसीले जोखिमको प्रकृतिलाई हेरेर जोखिम नियन्त्रणमा सघाउ पुग्ने समाचार प्रवाह गर्न स्वास्थ्य पत्रकारहरुलाई प्रवाह गर्न आग्रह गरे ।
वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक शिला श्रेष्ठले जोखिम सञ्चार तथा सामुदायिक सहभागिता निर्देशिकाको बारेमा जानकारी दिनुका साथै संघीय,प्रदेश,जिल्ला र स्थानीय तहमा आरसीसीई इकाइ संरचनाको बारेमा प्रष्ठ पारेकी थिइन ।
स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा.चुमनलाल दासले जोखिम सञ्चार र सामुदायीक सहभागीताका बारेमा विभिन्न दृष्टिन्त प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य पत्रकारबीचको सहकार्यबाट मात्र आम नागरिकले सहि सूचना पाउँने उनले बताए ।
स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख अनुप बास्तोलाले कोभिड १९ को समयमा जसरी सावधानी अपनाएर प्रभावकारी कदम चालिएको थियो तर,डेङ्गी नियन्त्रणका लागि चालिएको लर्भा नष्ट अभियान प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
अन्र्तक्रियात्मक कार्यक्रमा सहभागी पत्रकारहरु सरोज ढुंगले, भिषा काफ्ले, तुलसा घिमिरे,शिवहरि घिमिरे,प्रकाश बस्याल,उषा तामाङ, प्रसान्त ओलीलगायतले राखेका जिज्ञासको हल गर्न प्रशिक्षकहरुले कोशिस गरेका थिए ।

पत्रकारहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका विषयक अभिमुखिकरण सञ्चालन गरिएको हो । ट्रिपल मिडियाद्वारा सञ्चालित अभिमुखिकरण राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सेभ द चिल्डेनकोे सहकार्यमा ललितपुरको गोदावरीमा शुक्रबार र शनिबार सञ्चालन गरिएको हो । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक शिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रोफेसर श्यामप्रसाद लम्सालले सहजिकरण गरेका थिए ।
प्रतिक्रिया