काठमाडौं । नेपाल तरुण दलले भदौ १६ गते तय गरेको केन्द्रीय समितिको प्रतिज्ञासभा कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म कार्यक्रम स्थगित भएको अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तरुण दलका पूर्वमहासचिव डा. राजाराम कार्कीको भदौ ६ गते निधन भएको थियो । दलले भदौ १८ गतेसम्म कुनै कार्यक्रम नगर्ने निर्णय गरेको हुनाले भदौ १६ गते तय भएको प्रतिज्ञासभा कार्यक्रम स्थगित भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया