सुवासनामा किन रम्-रमाएँ ?
रवाफ रोजी अझ जम्जमाएँ ।
म तिर्सनाले हद छट्पटाएँ
हराउँदै मानवता गुमाएँ l१l
म कल्पना भै अति फुर्फुराएँ
म वेदना बोक्न परै उदाएँ l
म वन्चना वेष्टनमा रमाएँ
कथा-व्यथा जोड्न खुबै सघाएँ l२l
म यातना दी सुखमा हराएँ
धराप धक्का धित धाक लाएँ ।
प्रपन्चना बुन्न ऋचा रचाएँ
बिलाउँदा मानव ज्ञान पाएँ l३l
विभेदना बल्झन सुम्सुम्याएँ
अनाथका क्रन्दन गीत गाएँ l
कला गलाको करुणा मिसाएँ
जंगार गैह्रो असमेल पाएँ l४l
चरक्क घाचोट थिए सताएँ
विनाशको सागरमा डुबाएँ l
विरक्तिका दुर्दिन द्रोह ल्याएँ
विडम्बना मानवता दबाएँ । l५l
नबिर्सिने बर्वरता सजाएँ
न बर्सियो बादल बाढ ल्याएँ ।
म राहु भै साहु जुनी कटाएँ
हताहती आहत हात लाएँ |६|
==========00=======
मादी, सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर ।
प्रतिक्रिया