काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा केन्द्रीय विभाग प्रमुख मनोनयन गरेका छन । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७द(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम विभागका प्रमुख मनोनयन गरेका छन ।
सभापति देउवाले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभाग प्रमुख, ,पुष्पा भुसाल महिलालाई विभाग प्रमुख,चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग प्रमुख, किरण यादवलाई तराई—मधेश समन्वय विभाग प्रमुख र योगेन्द्र चौधरीलाई थारु विभाग प्रमुखमा मनोनयन गरेका छन ।
सभापति देउवाले गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय विभाग प्रमुख,आङ्गेलु शेर्पालाई पर्यटन विभाग प्रमुख, डा. रणबहादुर रावललाई गैर सरकारी संस्था समन्वय विभाग प्रमुख,दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग प्रमुख र प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग प्रमुख तोकेका छन ।
यसै गरि सभापति देउवाले रंगमती शाहीलाई पिछडिएको क्षेत्र विभाग,गुरु बराललाई आपूर्ति तथा उपभोक्ता विभाग,नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग र सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुख मनोनयन गरेकाे राष्ट्रिय सभा सदस्य एवं पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

प्रतिक्रिया