काठमाडौं । संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले समुदायिक विद्यालयका २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभाका १० वटा पालिकाका १२ वटा सामुदायिक विद्यालयका २० जना विद्यार्थीलाई जनही पाँच हजार रुपयाको दरले छात्रबृत्ति उपलब्ध गराउने भएको हो ।
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले स्थापना गरेको छात्रबृद्धि कोष सामुदायिक विद्यालयमा अध्ययन गर्ने असहाय तथा गरिब विद्यार्थीहरुलाई उपलब्ध गराउन लागिएको हो । संस्थाले विभिन्न संचारमाध्यम सामाजिक संञ्जाल तथा संस्थाको आफ्नो संञ्जाल मार्फत वावु आमा नभएका, अति गरिव, प्राकृतिक प्रकोपमा परेका विध्यार्थीहरु सँग छात्रबृद्धिको लागि निवेदन माग गरेको थियो । संस्थाले प्राप्त निवेदनहरु मध्येमा संखुवासभाको १० वटै पालिकाका १२ वटा विद्यालयबाट जम्मा २० जना विध्यार्थीको नाम छनौट गरेको छ । नाम छनौट भएका विध्यार्थीहरुलाई जनही पाँच हजार रुपयाको दरले सम्बन्धित विद्यालय मार्फत हस्तान्त्ररण गरिने छ ।
नेपालबाट श्रम गर्न, अध्ययन गर्न एवं व्यापार व्यावसाय गर्न दक्षिण कोरिया पुगेका जिल्लाबासी हरुको सकृयतामा २०६९ सालमा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरिया सस्थाको स्थापना भएको हो । स्थापना कालदेखि जिल्लामा देखिएका विरामीहरुको समस्या, प्राकृतिक प्रकोप, बैदेशिक रोजगारीमा विभिन्न मुलुकमा रहेका जिल्लावासी हरुका समस्या समाधान लगायतका सामाजिक क्रियाकलाव निरन्तर गर्दै आइरहेको छ ।
यस संस्थाले २०७३ सालमा संखुवासभाका असहाय तथा गरिब विद्यार्थीहरुको पठन पाठन निरन्तरताको लागि छात्रबृद्धि कोष निर्माण गर्न दक्षिण कोरयिाको विषेश पर्व छुसकको अवसरमा भाग्यशाली चिठ्ठा कार्यक्रम आयोजना गरेको थियो । साथै २०७७ शालमा उक्त छात्रबृत्ति कोषको वृद्धि र विकासको लागि यस संस्थाले डान्स पार्टीको आयोजना गरेको थियो । आज यस संस्थाले निर्माण गरेको असहाय तथा गरिब छात्रबृत्ति कोषमा दश लाख रुपया जम्मा भइसकेको छ । कोषलाई अझ वृद्धि र विकास गरी लक्षित वर्ग सवैलाई समेट्नको लागि संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरयिाको विषेश पर्व छुसकको अवसर पारेर यही सेप्टेम्बर १९ तारिकमा “छुसक डान्स धमाका” कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रम सम्पन्न गर्दै गर्दा संस्थाले उक्त कोषलाई दोब्बर बनाउने लक्ष्य लिएर कोरियामा रहनेका संखुवाबासीहरु सक्रिय छन ।


प्रतिक्रिया