काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले खोटाङ जिल्ला सभापति विष्णु कुमार राई र पूर्व पार्टी सभापति सुवास कुमार पोखरेललाई स्पष्टिकरण सोधेको छ । पार्टी र गठवन्धका उम्मेदवार हराउन सक्रिय भूमिका खेलेको आरोपमा उजुरी परेपछि कांग्रेसले उनीहरुलाई स्पष्टिकरण सोधेको हो ।
राई र पोख्रेलले केन्द्रीय अनुशासन समितिलाई १५ दिनभित्र स्पष्टिकरण बुझाउनु पर्ने छ । गठवन्धनको मर्म विपरित खोटाङ १(क)मा एकीकृत समाजवादीका उम्मेद्वार हराउन सक्रिय भएको उनीहरु विरुद्ध आरोप छ । यसै गरी खोटाङ १(ख) का प्रदेशसभा सदस्य भूपेन्द्र राईलाई पनि उनीहरुले अन्तर्घात गरेको आरोछ ।
कोशी प्रदेशमा एक जना सांसद संख्या नपुगेर सरकार गठनको प्रक्रिया लामो समयदेखि विवादकाे भूमरीमा फसेकाे बेला राई र पोख्रेललाई कारवाही गर्नुपर्ने माग शसक्त रुपमा उठेको छ ।
प्रतिक्रिया