काठमाडौं । कांग्रेस कन्द्रीय अनुशासन समितिमा उजुरीको चाङ छ । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोपामा ४६ जिल्लाबाट करिव २१ जनाविरुद्ध उजुरी परेको छ । समितिले १९ जिल्लाको उजुरीको फाइल खोलेको
अनुशासन समितिले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो काम कारबाहीबारे जानकारी गराएको छ । सभापति देउवाले अडियो, भिडियो, सामाजिक सञ्जाल, लिखित वक्तव्यवाजी आदिलाई प्रमाणको रुपमा मानेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन ।
पार्टी र गठबन्धनका उम्मेद्वार विरुद्ध उभिएको खोटाङ जिल्लाका पार्टी सभापति विष्णु कुमार राई र पूर्वसभापति सुवास कुमार पोख्रेललाई अनुशासन समितिले स्पष्टिकरण सोधेको छ ।
खोटाङ, संखुवासभा,मोरङ, पाँचथर, सोलुखुम्बु र महोत्तरी जिल्लाबाट समितिमा जटिल प्रकृतिका उजुरी परेका छन ।
प्रतिक्रिया