बेलायतद्वारा वाग्नर समूहलाई आतंककारी समूहका रुपमा प्रतिबन्ध

बेलायतद्वारा वाग्नर समूहलाई आतंककारी समूहका रुपमा प्रतिबन्ध


समयपथ
46
Shares

संसारभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहलाई बेलायतले आतंककारी समूहका रुपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

प्रतिबन्धपछि वाग्नर समूहमा सदस्य हुन वा सो समूहलाई समर्थन गर्न अवैध हुनेछ । संसदमा पेस भएको मस्यौदा प्रस्तावमा सो समूहको सम्पत्तिलाई आतंकवादी सम्पत्तिका रुपमा वर्गीकृत गर्दै जफत गर्न अनुमति दिनेछ ।

बेलायती गृहमन्त्रीले वाग्नर हिंसात्मक र विनासकारी समूह भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य उपकरण रहेको बताउनु भयो । वाग्नर समूहले युक्रेन र अफ्रिकामा गरेको काम विश्व सुरक्षाकै खतरा भएको गृहमन्त्रीको भनाइ छ ।