कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको तरुण दलद्वारा घोर भर्त्सना

कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको तरुण दलद्वारा घोर भर्त्सना


समयपथ
667
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको नेपाल तरुण दलले घोर भर्त्सना र निन्दा गरेको छ । अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल तरुण दलको पुर्वअध्यक्ष, पुर्वखानेपानी मन्त्री एवं नेपाली काङ्ग्रेसको सह महामन्त्री महेन्द्र यादवमाथि दिउँसै गुन्डागर्दी शैलीमा खुकुरी प्रहार गरी साङघातिक आक्रमण भएको कार्यको घोर भर्त्सना र निन्दा गर्दछु । नेपालको प्रहरी प्रशासन मुकदर्शक बनी भएको घटना नेपाल तरुण दलले सामान्य रुपमा नभएको महसुस गरेको छ ।’

‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियारसहित हिडडुल गर्ने व्यक्ति चिन्न नसक्ने यस्ता कार्यको अब नेपाल तरुण दल चुप लागेर सहेर बस्न सक्दैन । हरेक समय नेपाली काङ्ग्रेसको प्रभावशाली नेताहरुलाइ छानी–छानी आक्रमण गर्ने यो मनस्थितिको बिषयमा नेपाल तरुण दल नेपाल सरकारको प्रधानमन्त्री एवं नेपाल सरकार गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछ, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल तरुण दलको संयमतामाथि यदि कोही व्यक्ति, संस्था लाग्छ भने यो राष्ट्रमा आँधि बेहेरीको मुचुल्का उठ्नेछ । र, हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार एवं गृहमन्त्री रहेको जानकारी गराउँदछौ’ चेतावनी भाषामा अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।