काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवमाथि हिजो भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोधमा तरुण दलले आज आकस्मिक बैठक बसी चरणबद्ध आन्दोलनको मोडालिटी तयार गर्दैछ ।
दलका मुख्यसचिव थानप्रसाद पोखरेलका अनुसार नेता यादवको ज्यानै लिने गरी गरिएको खुकुरी आक्रमणको विरुद्धमा घोषणा गरिने विरोध कार्यक्रमको मोडालिटी र संगठनलाई प्रभावकारी बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।
यसअघि अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिअनुसार नेता महेन्द्र यादवको ज्यानै लिने गरी गरिएको खुकुरी आक्रमणको विरुद्धमा र गृहमन्त्री नारायाणकाजी श्रेष्ठको माग गरी आज चरणबद्ध आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय समिति दलका बागमति प्रदेशका ८ जिल्लाबाहेक ६९ जिल्लालाई आह्वान गरेका थिए ।
आन्दोलन कार्यक्रमको घोषणा भोलि शुक्रबार काठमाडौंमा गरिने अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया