काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्चको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको धारा १६८ को ३ अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
सर्वोच्चको यो आदेशसँगै अब नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
धारा १६८ (३) अनुसार बन्ने मुख्यमन्त्रीले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके पुन: अर्को सरकार गठन प्रक्रियामा जानुपर्ने हुन्छ ।
प्रतिक्रिया