वडाबासीको तिर्खा मेट्न खड्काडिल खानेपानी योजनाको शिलन्यास

वडाबासीको तिर्खा मेट्न खड्काडिल खानेपानी योजनाको शिलन्यास


समयपथ
138
Shares

भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ मा खड्काडिल खानेपानी योजनाको शिलन्यास गरिएको छ । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीको निमन्त्रणामा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यतामा खानेपानी योजनाको शिलन्यास गरिएको हो ।


शिलन्यास कार्यक्रममा प्रदेस सभा सदस्य शुरेस श्रेष्ठ, बागमति प्रेदशका पूर्व भौतिक मन्त्री कृष्णलाल भडेल, वडाध्यक्ष सिजन कर्की,वडा सदस्यहरु राजनीतिक दलका प्रतिनिध र स्थानीय सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।


चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ मा खड्काडिलमा शिलन्यास गिरएको खानेपानी योजनाको काम २०८१ साल असार १० गते सम्पन्न गरिसक्नु पर्ने सम्झोतामा उल्लेख छ ।


चाँगुनारायणका प्रमुख जीनव खत्रीको अग्रसरतामा वडाबासीको तिर्खा मेट्न यो योजनाको निर्माण कार्य सुभारम्भ गरिएको हो । योजनाको निर्माण कार्य शुभारम्भ भएसँगै स्थानीयले सुशी व्यक्त गरेका छन ।