कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


समयपथ
0
Shares

काठमाडौँ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए। सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्।