काडमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले शम्शेरगञ्ज बस दुर्घटनमा ज्यान गुमाउनेहरुका परिवारलाई उचित राहत तथा घाइतेहरुको सम्पूर्ण उपचार बेहोर्न खर्च लुम्बिनी सरकारसँग माग गरेका छन । प्रमुख सचेतक तिमिल्सिनाले पाटे बाघको आक्रमणबाट ज्यान गुमाएकी मधुवन नगरपालिका वडा नम्बर ३ भगरैया टोलकी कली बंशीमगरको परिवारलाई राहत उपलब्ध गराउन पनि माग गरेका छन । कली बंशीमगरको घर नजिकैको वनमा घास काट्ने क्रममा पाटे बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ स्थित बेतहनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु दाङ भ्रमणबाट फर्किने क्रममा ४१ जना सवार रिजर्भ बस बाँकेको शम्शेरगन्ज नजिक राजमार्गमा दुर्घटना भएको थियो ।
ठाकुरबाबा ९ निवासी काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, चानुराम थारु यसैगरी बस चालक ठाकुरबाबा ७ निवासी जुग बहादुर चन्द र सह चालक गरि ७ जनाको मृत्यु भएको थियो । दुर्घटनाका घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।
तिमिल्सिनाले शम्शेरगन्ज बस दुर्घटनाका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन। उनले बाघको आक्रमण र बस दुर्घटनामा परि दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन ।

प्रतिक्रिया