बागमती प्रदेशका सभामुखले बाेलाए सर्वदलीय बैठक  

बागमती प्रदेशका सभामुखले बाेलाए सर्वदलीय बैठक  


समयपथ
115
Shares

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन ।    

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन।    
    
उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।    
    
 आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।     
    
भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।