नेपाली राजनीति र साहित्यमा वीपीले पुर्‍याउनु भएको योगदान भुल्न सकिन्न : अध्यक्ष गुरुङ

नेपाली राजनीति र साहित्यमा वीपीले पुर्‍याउनु भएको योगदान भुल्न सकिन्न : अध्यक्ष गुरुङ


समयपथ
851
Shares


काठमाडौं।नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता विश्वेश्वरप्रसाद कोइरालाले नेपाली राजनीति र साहित्यमा पुर्‍याउनु भएको योगदान भुल्न नहुने बताएका छन ।


वीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा अध्यक्ष गुरुङले नेपाली राजनीति र साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएकाे कुरा भुल्नु नहुने बताएका हुन ।


प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेसरप्रसाद कोइरालाको योगदानको स्मरण गरी अध्यक्ष गुरुङले ११० औं जन्मजयन्तीको अवसरमा श्रद्धासुमन प्रकट गरेका छन ।


नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइराला । २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।
विक्रम सम्वत् १९७१ भदौ २४ जन्मनु भएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।