काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । शितल निवासमा भएको भेटमा अध्यक्ष गुरुङले राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएको तरुण दलले जनाएको छ । राष्ट्रपति पौडेलले तरुण दल अध्यक्ष गुरुङलाई समग्र युवाहरुको भावनालाई समेटी संगठनको कार्य अघि बढाउन सुझाव दिएको तरुण दलले बताएको छ ।
प्रतिक्रिया