कांग्रेस निकट सामुदायिक विद्यालय कर्मचारी संघ गठन (सूचीसहित)

कांग्रेस निकट सामुदायिक विद्यालय कर्मचारी संघ गठन (सूचीसहित)


समयपथ
345
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशका सबै जिल्लामा तदर्थ समिति गठन गरिएको छ । संघका अध्यक्ष शशीकुमार केसीले अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको जानकारी दिए ।

उनका अनुसार केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको छ । सबै जिल्लामा तदर्थ समिति बनेकाले अब संघ शैक्षिक विषय र पेसागत हितमा केन्द्रित भएर अगाडि बढ्ने अध्यक्ष केसीले बताए । आज मात्र संसदमा दर्ता भएको शिक्षा विधेयकबारे प्रतिक्रिया दिँदै उनले सामुदिक विद्यालयमा रहेका शिक्षकबाहेक अन्य कर्मचारीलाई पनि यो ऐनले समेट्नुपर्ने बताए ।

सामुदायिक विद्यालयमा रहेका लेखापाल, प्रशासन कर्मचारी र सहयोगी यो संघका आवद्ध छन् । हरेक विद्यालयमा प्रशासन, लेखा र सहयोगी कर्मचारी रहे पनि उनीहरूको स्थायी दरबन्दी नहुँदा उनीहरूले पाउनुपर्ने सेवासुविधा नपाएको केसीले बताए । महासचिव रतन कार्कीले सामुदायिक विद्यालयका कर्मचारीहरूले पनि अन्य निजामती कर्मचारीसरह सेवा सुविधा पाउनुपर्ने बताए ।

संघका अध्यक्ष केसी र महासचिव कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीसँग भेटेर सामुदायिक कर्मचारीका समस्याबारे जानकारी गराएका छन् । नेपाल शिक्षक संघसँग पनि यसबारे छलफल भएकाे अध्यक्ष केसीले बताए ।