काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संखुवासभा कांग्रेसका सभापति तथा पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काकाे स्वास्थ्य अवस्थाको जानकारी लिएका छन । स्वास्थ्य मन्त्री बस्नेतले त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत प्रतिनिधि सभा सदस्य खड्काको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन ।
डेङ्गुको कारणले उपचाररत खड्कालाई भेट्न टिचिङ्ग अस्पताल पुगेका स्वास्थ्य मन्त्री बस्नेतले खड्काको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भईरहेको जानकारी प्राप्त भएको बताए । भेटमा मन्त्री बस्नेतले पूर्वराज्य मन्त्री खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
जिल्लाको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै स्वास्थ्मा समस्या देखिएपछि सांसद खड्का चिकित्सकको सल्लाह अनुसार गत शुक्रबार त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा भर्न भएका थिए ।
प्रतिक्रिया