गाजा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो

गाजा युद्धविरामको आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो


समयपथ
23
Shares

काठमाडौँ । गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो प्रयोग गरेको छ ।

सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका थिए । अमेरिकाले भने भिटो प्रयोग गरेको थियो । बेलायत भने मतदानमा सहभागी नै भएन ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन धारा ९९ प्रयोग गरेपछि मतदान भएको हो ।

इजरायल र गाजाबीचको युद्ध जारी छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परि १७ हजार ४ सय ८० भन्दा बढी मानिस मारिएको जनाएको छ ।