संखुवासभा । पाँचखपन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सन्तोष बस्नेतले ज्येष्ठ सेवाग्राहीहरुलाई लौरो उपहार दिएका छन । वडाध्यक्ष बस्नेतले आफ्नो भ्रमण खर्च कटाएर ज्येष्ठ सेवाग्रहीलाई लौरो उपहार दिएका हुन ।

भगवान सरह हाम्रा ज्येष्ठ सेवाग्राहीलाई आधारभूत साहारा हुने भएकाले आफ्नो भ्रमण खर्च कटाएर लौरो उपहार दिने निर्णयमा पुगेको अध्यक्ष बस्नेतले बताए । आफ्नो वडामा करिव दुई सय ज्येष्ठ नागरिक भएको बताए । बस्नेतले पा.न.पा. ७ लेखिएको घगारुको लौरो ज्येष्ठ सेवाग्राही नगरिकलाई उपलब्ध गराउदै आएका छन । आफ्नो भावनालाई बुझेर वडाध्यक्षले छिटो छरितो सेवासँगै लौरो दिएपछि पाँचखपन ७ का ज्येष्ठ सेवाग्राही दंग छन ।

अध्यक्ष बस्नेतको यो ज्येष्ठ नागरिक लक्षित कार्यक्रम पहिलो भने होइन । उनले यस अघि पनि उनले ज्येष्ठ नागरिकलाई तिर्थयात्रा लागायतका ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन गरेर उदाहरणीय बनेका छन ।


प्रतिक्रिया