काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने वा कारबाही गर्ने कुनै नियत सरकारको नभएको प्रष्टीकरण दिएका छन् ।
मन्त्रालयले बुधबार सोधेको १५ बुँदे सवाललाई लिएर सोधिएको प्रश्नमा मन्त्री खडकाले मन्त्रालयको ‘रेकर्ड’ का लागि मात्रै विवरण माग गरिएको बताए ।
‘प्राधिकरणबाट के–के काम भइरहेका छन्, राष्ट्रिय र अर्न्तराष्ट्रिय तहमा के कस्तो सम्झौताहरू भइरहेका छन् । त्यसका बारेमा मन्त्रालयमा कुनै ‘रेकर्ड’ रहेनछ । यति सम्मकी निर्णयको माईन्यूट समेत मन्त्रालयसँग रहनेछ’ उनले भने,‘सबै विवरण अद्यावधिक गराएर राख्नका लागि मात्रै विवरण मागिएको हो । हटाउने वा कारबाही गर्ने कुनै उद्देश्य होइन ।’
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग मागियो १५ विवरण
मन्त्री खड्काले कुलेखानी जलविद्युत् व्यवस्थापन कमजोरले ठूलो क्षति भएको भन्ने जनगुनासो रहेकाले मन्त्रालयकै सहसचिवको नेतृत्वमा जाँचबुझ समिति बनाइएको बताए ।
कुलेखानी जलविद्युत् व्यवस्थापनका कमजोरीले मान्डु हाइड्रोपावर र साना जलविद्युत् आयोजनामा क्षति पुगेको भन्दै मन्त्रालयले मंगलबार जाँचबुझ समिति बनाएको बताए ।
प्रतिक्रिया