दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्यायो

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्यायो


समयपथ
46
Shares

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ । कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिले उनका नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

उपनिर्वाचनमा टिकट पाएकी शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।