काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंसिर २४ गते सोमबार र एमाले सचिवालय बैठक मंसिर २५ गते मंगलबार बस्ने भएको छ । दल कांग्रेसले मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
बैठक पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको उनले जानकारी दिएका छन । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया