यो साता ०.५ प्रतिशत घट्यो सेयर बजार

यो साता ०.५ प्रतिशत घट्यो सेयर बजार


समयपथ
46
Shares

काठमाडौँ । यो साता सेयर बजार ०.५ प्रतिशत घटेको छ । गत साता २७४८ मा रहेको बजार यो साता २७३४ अंकमा बन्द भयो । समग्रमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ । यो साता ५ दिन नै कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार ९.९९ अंक घटेको बजार सोमबार १९.९७ र मंगलबार १७.८० अंक बढ्यो । त्यस्तै बुधबार २४.९७ र बिहीबार १५.९३ अंक घट्यो ।

कारोबार रकम साढे ८ देखि १० अर्बको बीचमा घुमिरहेको छ । आइतबार ८ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोड, मंगलबार ८ अर्ब ५२ करोड, बुधबार ९ अर्ब १३ करोड, बिहीबार ८ अर्ब ३६ करोडको कारोबार भयो ।