लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको विवाद अन्त्य गर्न केन्द्रले पहल शुरु गरेको छ ।
नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहीवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि सबै गतिविधिहरु नेपाल पत्रकार महासंघको विधान विपरित भएको बताउँदै नयाँ समितिका नाममा कुनै गतिविधि नगर्न पनि निर्देश गरेकी छन् ।
महासंघको पत्रमा नेपाल पत्रकार महासंघको मिति २०८१ जेठ २३ गते नेपाल पत्रकार महासंघ युकेसहित सबै वैदेशिक शाखाका अधिवेशन र नयाँ सदस्यता वितरण गर्ने कार्य स्थगित गर्न परिपत्र गरेको रेकर्ड केन्द्रीय समितिमा रहेको उल्लेख छ।
यसअघि महासंघको निर्देशन विपरित गत जुलाई १४ तारिखएउटा समूहले छुट्टै महाधिवेशन घोषणा गरेर विमला सेने अध्यक्ष भएको दावी गरेपछि विवाद उत्पन्न भएको थियो ।
पत्रकार महासंघ केन्द्रीय समितिले अधिवेशन स्थगित गरेपछि पनि शाखामा नयाँ अधिवेशन भएको, शाखाका केही पूर्व पदाधिकारी तथा सदस्यहरुले संस्थामा समानान्तर गतिविधि गरेको, समाचार लेखेका आधारमा सदस्यहरुलाई स्पष्टिकरण सोध्ने लगायत विधान विपरितका कार्य गरेको भन्ने उजुरी महासंघमा परेको थियो ।
महासंघले शाखाका सदस्यता हटाउने अधिकार केन्द्रीय समितिमा मात्र रहेको स्मरण गराउँदै सदस्यता लगायतका विवाद हल गरी शाखासँग समन्वय गरेर स्थगित भएको अधिवेशनको नयाँ तोकिने समेत पत्रमा उल्लेख गरेको छ ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन स्थगित भएकाले नयाँ समितिका नाममा नेपाल पत्रकार महासंघको विधान विपरितका कुनै गतिविधि नगर्न पनि निर्देश गरेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको छौठौं महाधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले केन्द्रले पठाएको पत्रले शाखामा एकताको वातावारण बनेको प्रतिक्रिया दिए ।
‘हामीले शुरु देखिनै नेपाल पत्रकार महासंघको परिपत्र अनुसार अधिवेशन गरौं भनेर भनेका थियौं तर केही साथीहरुको बालहठका कारणले संस्थागत एकता काम हुन् सकेन् अब हामी सबै जना एउटै थलोमा बसेर एकताको लागि पहल गछौं । परियारले भने अब केन्द्रीय महाधिवेशन पछि शाखाको सदस्यता विवाद अन्त्य गरेर एकता महाधिवेशन हुने छ । उनले सबै शाखाका सदस्यहरुलाई धैर्य गर्न र एकताको पक्षमा उभिन आग्रह गरे ।’
गत जुलाई महिनामा सम्पन्न हुनु पर्ने शाखाको छौटौ महाधिवेशनमा केन्द्रीय समितिको पत्र मान्ने र नमान्ने विषयमा विवाद हुदाँ शाखा विभाजनमा पुगेपछि परियारको संयोजकत्वमा एक भेलाले तयारी समितिको घोषणा गरेको थियो ।
प्रतिक्रिया