दमास्कस । सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ । सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।
यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।
कर्मचारीलाई काममा फर्कन आग्रह
सिरियाका पर्यटन मन्त्रीले कर्मचारीहरूलाई काममा फर्कन आग्रह गरेकी छन् । बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि स्थित सहज बन्दै गएको भन्दै उनले काममा फर्कन कर्मचारीहरूलाइ आग्रह गरेकी हुन् ।
पर्यटन मन्त्री मोहम्मद रामी मार्टिनीले आफ्नो क्षेत्रका कर्मचारीहरूलाई सिरियाली जनताका लागि नयाँ दिन भएकोमा स्वागत गर्दै काममा फर्कन र सार्वजनिक सुविधाहरूको सुरक्षा गर्न आग्रह गरेकी छिन्। पर्यटन मन्त्रालयको आधिकारिक फेसबुक अकाउन्टमा सेयर गरिएको भिडियो सन्देशमा मार्टिनीले भनेकी छन्, ‘यो जनताको इच्छा हो र जनताको इच्छाले विजय हासिल गर्नुपर्छ ।’
सरकारका प्रधानमन्त्री मोहम्मद गाजी अल जलाली पनि राजधानीमा आइपुगेका विपक्षी सेनाहरूसँग समन्वय गरिरहेको जानकारी यसअघि नै दिइसकेका छन भने उता बिद्रोही नेता अबु मोहम्मद अलजुलानीले पनि यो भनेका छन् कि सार्वजनिक संस्थाहरू आधिकारिक रूपमा हस्तान्तरण नभएसम्म पूर्व प्रधानमन्त्रीको निगरानीमा रहने छन्।
प्रतिक्रिया