सरकार ढाल्ने कुटिल चालमा प्रचण्ड

सरकार ढाल्ने कुटिल चालमा प्रचण्ड


समयपथ
92
Shares

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगकै गठबन्धन ब्युँताउनेगरी सरकार ढाल्ने सक्रियता बढाएका छन्।
सरकारको गतिविधिलाई लिएर सत्तारुढ दल कांग्रेसभित्र ठूलो असन्तुष्टि वढेपछि उनले सक्रियता बढाएका हुन् ।
कांग्रेस संस्थापन समूहकै नेताहरु पनि सरकारको विरोधमा रहेको प्रचण्डको निष्कर्ष छ । वर्तमान सरकार अब सहज ढंगले अगाडि बढ्न नसक्ने प्रचण्डको ठम्याइँ छ । ‘सबै घटनाक्रम तपाईँहरुले जे देखिराख्नुभएको छ, नेपाली कांग्रेसभित्रै सरकारप्रति जबरजस्त असन्तुष्टि, सबै नेताहरुको धेरै नेताहरुको, संस्थापनमै भएकै नेताहरुको पनि असन्तुष्टि बाहिर आइनै सकेको छ । त्यो स्थितिमा यो सरकार सहज ढंगले जाने त अवस्था छैन,’– प्रचण्ड भन्छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई नै ०८४ सम्मको चुनावमा प्रधानमन्त्री मान्नेगरीको प्रस्ताव गरिरहेका प्रचण्डले भारतीय पक्षसँग पनि गोप्य वार्ता गरिरहेको उच्च स्रोतको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबिरोधी देखाएर प्रचण्ड त्यसैको आलोकमा कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनलाई ब्युँताउने अभ्यासमा रहेको बुझिएको छ।
ओलीलाई भारतीय संस्थापनले औपचारिक भ्रमणका लागि नबोलाउनु, बीआरआई गरी चीन कार्ड खेलेको भन्ने प्रचण्डको अभिव्यक्ति सरकार ढल्न सक्ने इन्डिकेटर रहेको बताइन्छ।
सरकारको आयुबारे उनले भने, ‘यो अप्राकृतिक भनेपछि यो सरकार रहिराखोस् भन्ने हाम्रो चाहना त हुँदै होइन। तर, हामी अप्राकृतिक भएकाले ढल्नु नै छ, ढलिहाल्छ। हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मैले मिति नै तोक्न सक्ने र मिल्ने कुरा होइन।’
कांग्रेसभित्रका कतिपय नेता सरकारप्रति असन्तुष्ट रहनु र केही दिनमा नै प्रचण्डले भारतमा आफ्ना दूतका रुपमा भाजपाका नेतासँग कुराकानी गर्नका निम्ति कसैलाई पठाउने तयारी समेत गरेका छन्।
यो सरकार ढाल्न माओवादीलगायतका प्रतिपक्षी दलहरुले बल गर्नै नपर्ने प्रचण्डको विश्वास छ । ओली नेतृत्वको वर्तमान सरकार सहज ढंगले नजाने प्रचण्डको बुझाइ छ । वर्तमान सरकार अप्राकृतिक ढंगले बनेकाले यसको आयु पनि लामो नरहेको प्रचण्ड बताउँछन् । बाढीपहिरोलगायतका विपद्मा पनि सरकार निरीह र गैरजिम्मेवार भएको प्रचण्डले बताए । आफूले सरकारको ढल्नेबारे मिति नै तोक्न नसकेपनि यसको आयु लामो नरहेको बताउँदै प्रचण्डले भने, ‘यो रहिराखोस् भन्ने त हाम्रो चाहना हुँदैन । हामी के चाहन्छौं भने यो अप्राकृतिक भएको हुनाले चाहीँ अन्ततः यो ढल्नु नै छ, ढलिनै हाल्छ, हामीले धेरै बल नै गर्नु पर्दैैन । यसको आयु धेरै छ जस्तो चाही मलाई लागेको छैन । मिति त तोक्न सक्ने कुरा पनि होईन, मिल्ने कुरा पनि होईन ।’