डिभाेर्सकाे संघारमा एलिना चाैहान

डिभाेर्सकाे संघारमा एलिना चाैहान


समयपथ
253
Shares

काठमाडौं । गायिका एलिना चौहान डिभाेर्सकाे संघारमा पुगेकी छिन् ।
वैवाहिक सम्बन्धको कुरालाई लिएर उनी लगातार चर्चामा छिन् । वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले अहिले सामाजिक सञ्जाल तातेको देखिन्छ ।
वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । त्यसको एक वर्ष नबित्दै उनले विवाह सम्बन्धबारेका प्रश्नको सामना गरिरहेकी छिन् ।
एलिना ओशोमार्गी बनेको बेलादेखि नै उनको यो कुराले चर्चा पाएको हो । तर यतिबेला केही दिनअघि गायिका ज्याति मगरको फेसबुक स्टाटसले चर्चामा बल पुग्यो । ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गरेकी थिइन् तर केही छिनमै डिलेट गरिन् ।
बिहीबार मात्र केही मिडियामा उनको डिभोर्सको चर्चा चल्यो । यसले झनै ‘सम्बन्ध विच्छेद’बारेको चर्चालाई बल मिलेको छ ।
जवाफमा एलिनाले आफूले अहिले यसबारे केही नबोल्ने बताइन् । ‘यी कुराले मलाई एकदम टर्चर महसुस भइरहेको छ । एयरपोर्ट जाँदा होस् र सार्वजनिक ठाउँमा पनि मलाई यस्तै प्रश्न सोधिन्छन् । पब्लिक फिगर भएपछि यी कुरा झेल्नुपर्ने रहेछ,’ उनले भनिन् ।

‘यसबारे म अहिले केही बोल्दिन । म एकदम तनावमा छु,’ उनले भनिन् । मिडियाले पनि लगातार आफ्नो निजी जीवनबारे समाचार बनाएकोमा उनी असन्तुष्ट सुनिइन् । अहिले श्रीमान अस्ट्रेलियामा र आफू नेपालमा रहेको उनले बताइन् ।