वडाध्यक्ष तामाङ घूस लिएको अभियोगमा दोषी ठहर

वडाध्यक्ष तामाङ घूस लिएको अभियोगमा दोषी ठहर


समयपथ
184
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन्। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो।

विशेषले उनलाई ६ महिना कैद र चार लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। घुसको तारतम्य मिलाइदिने ध्रुबबहादुर कडायतलाई पनि विशेषले दोषी ठहर गर्दै त्यति नै सजायको फैसला गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रतिवादी बनाई गत २० असारमा मुद्दा दायर गरेको थियो। ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्न घूस लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो।

उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घूस मागेको अख्तियारको आरोप थियो ।