तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको रौनक सुरु भएको छ । मञ्जुश्री संम्वत–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा मनाईने ल्होछारको रौनक बुधबारदेखि सुरु भएको हो ।

बिहिबार टुँडिखेलमा मनाइने ल्होछार महोत्सवका लागि टुँडिखेलमा स्टल, मञ्च निर्माणका काम सुरु भएको छ । टुँडिखेलमा बनाइने स्टलका लागि टेन्ट बनाउने काम भइसकेको छ । डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षको स्वागत स्वरुप यो वर्ष मनाउन लागिएको ल्होछारको लागि सर्पको टाउकोको ठुलो आकृति मञ्चसँगै राखिएको छ । मञ्चको निर्माण सम्पन्न भने विहीवार मात्र हुनेछ । ल्होछारको माहोल सुरु भएसँगै टुँडिखेलमा आवातजावत गर्नेको भिड समेत बढेको छ ।

ल्होछारको स्वागत स्वरुप बुधबार ल्होछार इभ गरिने बताइएकाे छ । बिहिबार बिहान ११ बजेदेखि ताम्बा, लामा, बोन्बोको झाँकीसहित शान्ति र्यालीले टुँडिखेल परिक्रमा गर्नेछ । दिउँसो १ बजेदेखि ल्होछारको उद्घाटन समारोह, शुभकामना आदानप्रदान, ख्यातिप्राप्त कलाकारद्वारा साँस्कृतिक प्रस्तुतिका साथ ल्होछार महोत्सव सम्पन्न हुनेछ ।
सो दिन स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहेनछ । भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिनेछ । तीनसम्म मनाइने ल्होछारको पहिलो दिन राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको छ । ल्होछार माघ शुुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसम्म भव्य रुपमा मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया